रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता

फाइल तस्बिर

रेशम चौधरीको पहलमा गठन भएको नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।

कबिर सोप अध्यक्ष तथा जाँतो चुनाव चिह्न रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो। आयोगले मंगलबार दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको छ।

आयोगका सहसचिव यज्ञ भट्टराईका अनुसार योसँगै जेन-जी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ। यसअघि हर्क साम्पाङको श्रम संस्कृति, बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सिके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन्।

आयोगमा कुल दर्ता दलको संख्या १२६ पुगेको छ। नयाँ दर्ताका लागि मंगलबारसम्म २९ वटा निवेदन प्राप्त भएका आयोगले जनाएको छ।

सुझावित समाचार