रमन कर्णको नेतृत्वमा जनादेश पार्टी नेपाल गठन, आयोगमा दर्ता निवेदन

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

अधिवक्ता रमन कर्णको संयोजकत्वमा जेन-जी युवाहरूले जनादेश पार्टी नेपाल गठन गरेका छन्। युवाहरूले हातमा माइक बोकेको चुनाव चिह्न राखेर दल गठन गरी दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

पार्टीको मस्यौदाकार जस्मिन ओझाले पार्टीमा १८ वर्षदेखि ८० वर्ष उमेरसम्म पाँचवटा जेनरेसन (पुस्ता)को प्रतिनिधित्व रहेको बताइन्। पार्टीको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ। केन्द्रीय सदस्यमा एलिजा गौतम, मदन कार्की घाइते, इन्द्रजित साकी, विनु यादव, पूर्वसैनिकहरू रहेका छन्।

केन्द्रीय सदस्यसमेत रहेकी ओझाले समावेशी नेतृत्व हुने र जेन-जी महिलालाई प्राथमिकता दिइने बताइन्। घाइते र सहिद परिवारका सदस्यहरू रहेको यो पार्टीमा जेन-जीहरू नेतृत्वमा रहेको उनले बताइन्।

‘अभिभावक चाहिन्छ भनेर रमनकुमार कर्णलाई संयोजक दिएको भए पनि हामी जेन-जीहरू नै पार्टीको मस्यौदाकार हो। पदाधिकारीहरू जेन-जी नै हुन्छन्,’ उनले भनिन्।

सुझावित समाचार