उदयपुरको कटारीबाट ११.६६ किलोग्राम गाँजासहित तीनजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हिजो (सोमबार)साँझ कटारी नगरपालिका– ४ जहडीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार गाँजा बिक्री–वितरण भइरहेको विशेष सूचनाको आधारमा तीनजनालाई पक्राउ गरिएको हो ।
उनका अनुसार पक्राउ पर्नेमा कटारी नपा– ४ बस्ने वर्ष २० का रञ्जित ठाकुर, ७ का ३९ को अरजित तामाङ र वडा नम्बर ८ बस्ने वर्ष ५० का विष्णुबहादुर तामाङ रहेका छन् । बरामद गरिएको गाँजा र पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको दोङले जानकारी दिए ।