हसिनाको पतनपछि बंगलादेशमा राजनीतिक हिंसामा २८१ जनाको मृत्यु भएको छ । बंगलादेशको मुख्य मानव अधिकार समूहले एक रिपोर्ट सार्वजनिक गर्दै विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले निरंकुश पूर्वनेतृ सेख हसिनालाई अपदस्थ गरेयता बंगलादेशमा राजनीतिक हिंसामा लगभग ३०० जनाको मृत्यु भएको जनाएको हो ।
‘ओधिकार’ नामक संस्थाले ढाकामा एक प्रतिवेदन सार्वजनिक गर्दै अगस्ट २०२४ देखि सेप्टेम्बर २०२५ सम्म राजनीतिक दलसँग सम्बन्धित हिंसामा कम्तीमा २८१ जनाको मृत्यु भएको बताएको हो ।
त्यसबाहेक अपराधको आशंकामा ४० जना गैरन्यायिक हत्या पनि भएको समूहले जनाएको छ । यी तथ्यांकका बाबजुद अन्य विषयमा भने हसिनाको पतनपछि मानव अधिकारको पालनामा सुधार भएको ‘ओधिकार’का निर्देशक एएसएम नसिरुद्दिन एलानले बताए । तथापि, कानुन प्रवर्तन एजेन्सीहरू अझै पनि जवाफदेही नबनाइएकोप्रति भने उसले प्रश्न उठायो ।
हसिनाको १५ वर्षको शासनकालमा व्यापक मानव अधिकार उल्लंघन भएको थियो । हसिनाको पार्टी आबामी लिग विरोधीको सामूहिक नजरबन्द र गैरन्यायिक हत्या सामान्य मानिन्थ्यो । ओधिकारको प्रतिवेदनप्रति बंगलादेशको अन्तरिम सरकार वा कुनै पनि राजनीतिक दलले अहिलेसम्म प्रतिक्रिया दिएका छैनन् ।