प्रधानमन्त्री शुसीला कार्कीले धार्मिक आस्थाको केन्द्र पशुपतिनाथलाई धार्मिक आस्थाको केन्द्रकै रूपमा कामय राख्न र राजनीतिक भर्तीकेन्द्र नबनाउन निर्देशन दिएकी छिन्। आज आयोजित पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद् बैठकका क्रममा उनले यस्तो निर्देशन दिएकी हुन्।
उनले बैठकमा संसारभरिका हिन्दुहरूको आस्था जोडिएको पशुपतिनाथमा धार्मिक आस्था र मूल्यहरूको जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी रहेको बताएकी छिन्।