एमालेले बोलायो विघटित संसदीय दलको बैठक

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ।  ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न बैठक राखिएको एमालेका नेता महेश बर्तौलाले जानकारी दिए ।

संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका छन् ।

सुझावित समाचार