लागुऔषधसहित दुईजना पक्राउ

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकी डिएसपी रूपा लाबुङले जानकारी दिएकी छिन्।

पक्राउ पर्नेमा सर्लाही, लालबन्दी– १६ का बुद्धसिंह वाइबा र सर्लाही, हरिवन–३ का सरिन योञ्जन रहेका छन्। उनीहरूका झोलाबाट प्रहरीले १३० पिस ट्रामोल बरामद गरेको प्रहरीले जनाएको छ।

डिएसपी लाबुङका अनुसार चेकजाँचका क्रममा शंकास्पद देखिएपछि तलासी लिँदा अवैध रूपमा राखिएको ट्रामोल फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध (व्यवस्थापन)सम्बन्धी ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

See More On

सुझावित समाचार