बर्दियाको बढैयाताल उद्योग वाणिज्य संघको अध्यक्षमा रावल

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

बर्दियाको बढैयाताल गाउँपालिकामा रहेको बढैयाताल उद्योग वाणिज्य संघको अध्यक्षमा रवीन्द्र रावल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार मैनापोखरमा भएको बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा रावल निर्वाचित भएका हुन् ।

यसैगरी, अधिवेशनबाट प्रथम उपाध्यक्षमा दीपक खनाल, द्वितीय उपाध्यक्षमा शिव सुवेदी, तृतीय उपाध्यक्षमा पार्वती काफ्ले, महासचिवमा ज्ञानप्रसाद बगाले, उपमहासचिवमा बाबुराम बराल, सचिवमा विकास कोइराला, कोषाध्यक्षमा तारानाथ पौडेल, सहकोषाध्यक्ष दुर्गाप्रसाद थारू निर्वाचित भएका छन् । 

यस्तै, सदस्यमा ताराकुमारी काफ्ले, मायादेवी ढकाल, केशव बराल, विष्णु पोख्रेल, मित्रराज घिमिरे सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत सोम खड्काले बताए । उद्योग वाणिज्य संघको अधिवेशन प्रत्येक तीन-तीन वर्षमा हुने गरेको छ । यसअघि बढैयाताल उद्योग वाणिज्य संघको अध्यक्षमा बालकृष्ण लामिछाने थिए ।

सुझावित समाचार