नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

बुधबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण
नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

तस्बिर : क्यान

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत  त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई २४० रनको लक्ष्य दिएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नाै विकेट गुमाउँदै २३९ रनको योगफल तयार पारेको हो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाउँदा कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४, आरिफ शेखले ३० र सन्दीप लामिछानेले अविजित १५ रन बनाए।

दोस्रो विकेटका लागि भीम र आसिफबिच ७४ रनको साझेदारी भएको थियो। युएईका लागि जुनैद सिद्धिकी, मोहम्मद जवादुल्लाहल र ध्रुव परासरले समान दुई तथा जाहिद अलीले एक विकेट लिए।

सुझावित समाचार