भक्तपुरको जगाती वृत्तमा आगजनी र तोडफोड गर्ने आठजना पक्राउ

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

भक्तपुरको जगाती वृत्तमा आगजनी र तोडफोड गर्ने आठजना पक्राउ परेका छन्।गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त जगातीको भवन तोडफोड तथा आगजनी गर्ने भन्दै उनीहरू आफैँ उपस्थित भएका थिए।

उपस्थित उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिई भक्तपुर परिसरमा राखिएको छ। पक्राउ पर्नेमा काभ्रेका रामशरण परियार, काभ्रेकै रूपक परियार, सर्लाहीका होमबहादुर खत्री, काभ्रेका अमृत सुनुवार, महोत्तरीका प्रह्लादकुमार ठाकुर, भक्तपुरका राजन माक, सर्लाहीका सरोज बम्जन र काभ्रेका विकास तामाङ रहेका छन् ।

See More On

सुझावित समाचार