दाउन्ने सडक खण्ड दुईतर्फी नै अवरुद्ध

शनिबार, १६ कार्तिक, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत दाउन्ने  सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ। नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२, घ्युउ खोलामा ट्रक हिलोमा फसेपछि आज साँझबाट सडक दुईतर्फी अवरुद्ध भएको हो। 

माटो लोड गरेको बा प्र०३–००१ख २१५८ नम्बरको ट्रक हिलोमा फसेको कारण सडक अवरुद्ध भएको हो। सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ।
 

सुझावित समाचार