निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम-कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ। विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेरअघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन्। अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ।