नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले एउटा सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन नसक्ने बताएका छन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको राजनीतिक संवादमा बोल्दै चौधरीले यस्तो बताएका हुन्। आफूलगायतका थारूले चुनाव लड्न नपाए देशमा फेरि चुनाव नहुने उनको चेतावनी छ।
‘देश परिवर्तन गर्ने हामी। संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी। कलम चलाउनेले फैसला गरिदिने, अनि त्यो फैसलालाई हामीले मान्नुपर्ने ? रेशम थारू, लक्ष्मण थारू, धनीराम थारूले यो चुनावमा भाग लिन पाएनन् भने यो देशमा फेरि चुनाव हुँदैन । केको चुनाव हुन्छ ? सिंगो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ ?’ चौधरीले भने।