अतिक्रमित र मापदण्डविपरीतका संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

शुक्रबार, १४ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिइएको छ ।

महानगर र प्राधिकरणले आज एक संयुक्त सार्वजनिक सूचना जारी गर्दै असोज २ गते बसेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णयअनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना खाली गर्न निर्देशन दिइएको हो ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्डविपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

सुझावित समाचार