नेपाल नर्सिङ संघको आह्वानमा मीनभवनस्थित सिभिल हस्पिटलका नर्सहरूले आज अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा दुई घण्टा बन्द गरेर विरोध गरेका छन् । नेपाल नर्सिङ संघले पुनः पेस गरेको माग पूरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरेको र उक्त कार्यदलको कार्यावधि छठपछि सात कार्यदिन रहेको र दबाबस्वरूप नर्सहरू आन्दोलनमा उत्रिएका हुन् ।
श्रम शोषण बन्द गर्, श्रमको उचित मूल्यांकन गर, योग्यता र अनुभवअनुसार पारिश्रमिक कायम गरलगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।





