मन्त्री घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता

बुधबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरबिच भेटवार्ता भएको छ।  अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (International Solar Alliance-ISA)  आइएसएको आठौँ महासभामा भाग लिन नयाँदिल्ली आएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबिच बुधबार भेटवार्ता भएको हो । 

विद्युत् मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबिचको ऊर्जासम्बन्धी सहकार्य, विद्युत् व्यापार, प्रसारणलाइन विस्तार, भारतीय लगानीमा निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति, दुवै देशबिच दीर्घकालीन ऊर्जाक्षेत्रमा साझेदारीलगायतका विषयमा विस्तृत छलफल भएको थियो । 

भेटमा भारतका लागि नेपालका राजदूतका शंकरप्रसाद शर्मा, भारतका विद्युतसचिव पंकज अग्रवाल, विदेश मन्त्रालयका अतिरिक्त सचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतमलगायतको उपस्थिति थियो । 

सुझावित समाचार