आन्दोलनको नाममा प्रहरी कार्यालयमा आगजनी र लुटपाट गर्नेविरुद्धको कारबाहीलाई प्रहरीले तीव्रता दिएको छ। यस्ता घटनामा संलग्न १५ जनालाई एकैपटक काठमाडौं प्रहरीले पक्राउ गरेको छ।
सिसिटिभीको फुटेजलगायतका आधारमा पहिचान गरी उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
आन्दोलनमा प्रहरीको हत्या गर्ने तथा लुटपाट गर्नेहरु केही दिनयता धमाधम पक्राउ परिरहेका छन्।
को–को पक्राउ परे ?
