प्रधानमन्त्री सुशीला कार्कीले सरकार, दल र जेन–जीबिच त्रिपक्षीय बैठक आह्वान गरेकी छिन्।
निर्वाचनको वातावरण बनाउने पहल स्वरुप प्रधानमन्त्री कार्कीले त्रिपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले आगामी २१ फागुनमा निर्वाचनको मिति तोकेको छ।
बैठक भोलि बुधबार साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ।