आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ : शंकर पोखरेल

मंगलबार, १२ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनमा भएको घटनालाई लिएर आरोप–प्रत्यारोप नगर्न आग्रह गरेका छन् ।

मंगलafर सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले राष्ट्रद्रोही काम संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् ! राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जोकोही हुन्, सबैलाई कडा कारबाही गरौँ। देश जलिरहेको वेला आरोप प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ ।’

उनले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेको आरोप पनि लगाएका छन् ।

सुझावित समाचार