विशेष अदालतले मंगलबारदेखि मुद्दाको नियमित सुनुवाइ गर्ने भएको छ। जेन-जी आन्दोलनपछि विशेष अदालतमा मुद्दाको सुनुवाइ रोकिएको थियो।
आन्दोलनमा विशेष अदालतमा समेत तोडफोड भएको थियो। कार्यालय मर्मत गरेर मंगलबारदेखि मुद्दाको नियमित सुनुवाइ गर्न लागिएको सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।
विशेषले एक साताको पेसी सूची निकालिसकेको छ। यसअघि नयाँ मुद्दा दर्ता र थुनछेकसम्बन्धी आदेश मात्र हुँदै आएको थियो।