जनकपुरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइयो

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

लोक आस्थाको छठ पर्वअन्तर्गत आज मुख्य दिन जनकपुरधाममा पनि अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। छठका व्रतालुहरूले पानीमा घन्टाैँ उभिएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन्। 

व्रतालुहरूले छठ पूजाका सामग्रीहरूलाई पालैपालो सूर्यलाई अर्घ्य देखाई पुनः पूजास्थल अर्थात् घाटमै राख्ने गरिन्छ। छठ पर्वमा मुख्यतः ठकुवा, भुस्वा, केरा, उखु, स्याउ, खाजा मिठाईसहितका सामग्री चढाइन्छ।

जनकपुरधामको गंगासागरमा भइरहेको छठ पूजामा गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी भएका छन्। उनी गंगासागरमै हुने महागंगा आरतीमा समेत सहभागी भए।

जनकपुरधामका गंगासागर, धनुषसागर, दशरथ तलाव, अरगजा पोखरीसहित छठ घाट हुने जलाशय क्षेत्रलाई सजाइएको छ। केही दशकअगाडि छठ पर्व नेपालका तराई क्षेत्रमा धुमधामका साथ मनाइने गरे पनि अहिले राजधानी काठमाडौंसहित पहाडी जिल्लाहरूमा पनि मनाइने गरिन्छ।
 

सुझावित समाचार