मलेसियाको विमानस्थलमै नाचे ट्रम्प

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

 एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानीमा रमाइलो नृत्य गरेका छन् । वासिङटनबाट २३ घण्टाको उडानपछि राष्ट्रपति ट्रम्पले राजधानी क्वालालम्पुरमा रमाइलो नृत्य गरेका हुन् । र्यापिड रेस्पोन्स ४७ ले ‘सेयर’ गरेको एउटा भिडियोमा ७९ वर्षीय ट्रम्प एयर फोर्स वन अवतरण गरेपछि विमानस्थलमा ड्रमको तालमा नाचिरहेका देखिन्छन् ।

उनको ऊर्जावान् चालले वरपरका मानिसलाई निकै आकर्षित गरेको देखिन्छ । उनी बोर्नियो आदिवासी, मलेसियाली, चिनियाँ र भारतीयलगायत मलेसियाका प्रमुख जातीय समूहको प्रतिनिधित्व गर्ने रंगीन पोसाकमा सजिएका नर्तकहरूसँग नाचिरहेका देखिन्छन् । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम पनि संगीतमा झुल्दै राष्ट्रपति ट्रम्पसँग सामेल भए ।

पाँचदिने एसिया भ्रमणका क्रममा ट्रम्प आइतबार मलेसियाको राजधानी क्वालालम्पुर पुगेका हुन् । उनको भ्रमण एसियामा अमेरिकाको उपस्थिति विस्तार गर्ने र व्यापार सम्बन्ध बलियो बनाउने पाँचदिने अभियानको एक हिस्सा हो । भ्रमणका क्रममा उनल ​​टोकियोमा नवनिर्वाचित जापानी प्रधानमन्त्री सानाओ ताकाइची र दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट गर्नेछन् । उत्तर कोरियाका किम जोङ उनसँग निशस्त्र क्षेत्रनजिकै भेटघाट गर्ने सम्भावन पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

See More On

सुझावित समाचार