पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउन संलग्न रहेको भनिएका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै पनि नभएको संघले दाबी गरेको छ ।
थेबे जेन-जी आन्दोलनका क्रममा भण्डारीको घर जलाउन सहभागी भएको भन्दै पक्राउ परेका थिए। बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गरी थेबे राष्ट्रिय युवा संघमा कहिल्यै नरहेको स्पष्ट पारेका हुन् ।
‘उक्त घटनामा संलग्न भनिएका व्यक्ति सोनम थेबे राष्ट्रिय युवा संघ नेपालको कुनै पनि तहको जिम्मेवारीमा हालसम्म नरहेको स्पष्ट गर्न चाहन्छाैँ । यस प्रकारका सूचना र प्रचार प्रसारले संगठनको छविलाई बदनाम गर्ने प्रयास भएको हामी ठहर गर्दर्छाैँ,’पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।