लाभांश पारित गर्न सिद्धार्थ बैंकको साधारणसभा ३० कात्तिकमा

मंगलबार, ५ कार्तिक, २०८२
डिजिटल संस्करण

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले ३० कात्तिकमा आफ्नो २४औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत सञ्चालक एवं लेखा परीक्षक नियुक्त गर्नेलगायतका एजेन्डा पनि समेटिएका छन् । 

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १७ कात्तिकमा बुक क्लोज हुनेछ । बुक क्लोजको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार गरी कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

सुझावित समाचार