मूलपानीमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु

सोमबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

मूलपानीमा भएको दुर्घटनामा मोटरसाइकलचालकको मृत्यु भएको छ। कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटरचालकको उपचारका क्रममा मृत्यु भएको हो। 

बा ५ च ८३२० नम्बरको कारले बा प्र ०२–०२७ प ६७३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–६, थली बस्ने ३६ वर्षीय मिङ्मार पाख्रिनको उपचारका क्रममा शङ्खरापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार