देशका विभिन्न जिल्लाबाट २८ लाखभन्दा बढी नगदसहित ९२ जुवाडे पक्राउ

सोमबार, ४ कार्तिक, २०८२
डिजिटल संस्करण

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ परेकासँग करिब २८ लाखभन्दा बढी नगद र तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ।

संखुवासभा, ललितपुर, काभ्रे, सिन्धुली, कास्की, दाङ, बाँके र जुम्लालगायत जिल्लामा पछिल्ला तीन दिनयता प्रहरीले विशेष अभियान सञ्चालन गरी जुवातासमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

सुझावित समाचार