एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनह्यामविरुद्ध २–१ को पुनरागमन जित निकालेको छ । जितसँगै आठ खेलमा १२ अंक जोडेको एस्टन भिल्ला १०औँ स्थानमा रहयो ।
टोटनह्यामसमान खेलबाट १४ अंकका साथ छैटौं स्थानमा छ । टोटनह्यामको घरेलु रंगशालामा एस्टन भिल्लाई जित दिलाउन मोर्गन रोजर्स र एमी बुएन्डियाले समान एक गोल गरे । टोटनह्यामका लागि रोड्रिगो बेन्टचरले गोल गरे ।
खेलको पाँचौँ मिनेटमा रोड्रिगोले टोटनह्यामलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३७औँ मिनेटमा रोजर्सले एस्टन भिल्लाका लागि १–१ को बराबरी गोल गरे । बुएन्डियाले ७७औँ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई २–१ को रोमाञ्चक जित निकाल्यो ।