नेपाल बैंक र लिफबिच छुट साझेदारी

आइतबार, ३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाल बैंक र शंखमूलस्थित लिफ प्लस प्रालिबिच साझेदारी भएको छ । सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लिफ प्लसका प्रमुख कार्यकारी अधिकृत कोबितसिंह बानियाँले हस्ताक्षर गरे ।

यसअनुसार बैंकमा कार्यरत कर्मचारी वा बैंकमा खाता रहेका ग्राहकले पर्यावरणमैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तु खरिद गर्दा २० प्रतिशत छुट पाउने भएका हुन् । छुट सुविधा सुपारीको पातबाट बनेका प्लेट, कचौरा, थाल, चम्चा, आदिमा पाइनेछ । छुट सुविधा पाउन ग्राहकले बैंकको मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्नुपर्नेछ ।

सुझावित समाचार