मलाई थुन्न अहिलेको सरकार प्रयासरत छ : अध्यक्ष ओली

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार आफूलाई पक्राउ गरेर थुन्न लगातार प्रयासमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन सम्बोधन गर्ने क्रममा उनले गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्नका लागि लगातार छलफलमा रहेको बताए ।

‘केपी ओलीलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो, कहीँ कतै केही भेटिएन,’ ओलीले बैठकमा भने, ‘हिजो जेन–जीहरूले मान्दै मानेनन् । केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार लगातार प्रयासमा छ ।’

जेन–जीहरूले आफूहरू दलविरुद्ध नभएको बताएको भन्दै उनले भने, ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ । यसमा चिनी थपिदिनु ?’

सुझावित समाचार