काठमाडौंमा बेलुकी नाै बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

शुक्रबार, १ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं जिल्लामा बेलुकी नाै बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै नाै बजेपछि देउसी–भैलोलगायतका कार्यक्रम नगर्न भनेको हो।

मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले देउसी–भैलो खेल्न आग्रह गर्दै प्रशासनले कसैको गुनासो नआउने गरी र सार्वजनिक आवागमन हुने सडकमा अवरोध नहुने गरी देउसी–भैलो खेल्न भनेको छ।

‘सार्वजनिक स्थान, पदमार्ग, सडकमार्गजस्ता स्थानमा आमसर्वसाधारणको आवागमनलाई बाधा पर्ने गरी कुनै पनि प्रकारको पूजामण्डप वा दीपावली उत्सव स्थल बनाउन पाइनेछैन,’ सूचनामा भनिएको छ।

सुझावित समाचार