भट्टराई कोल्ड स्टोरमा गएराति आगलागी, आगलागीबाट करिब नौ करोडबराबरको क्षति

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

बर्दियाको बाँसगढी नगरपालिकामा रहेको भट्टराई कोल्ड स्टोरमा गएराति आगलागी भएको छ। भट्टराई दुग्ध उद्योग प्राइभेट लिमिटेडले सञ्चालन गरेको भट्टराई कोल्ड स्टोरमा गएराति आगलागी भएको हो। 

तीन दिनअगाडि मात्र कोल्ड स्टोरमा राखिएको आधाभन्दा बढी आलु उम्रियो भनेर समाचार प्रकाशन भएको थियो। समाचार प्रकाशन भएको तेस्रो दिनमा नै कोल्ड स्टारमा आगलागी भएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले आगलागीबाट करिब नौ करोड रुपैयाँको क्षति भएको बताए। 

कोल्ड स्टोरमा गएराति करिब एक बजे आगलागी भएको कोल्ड स्टोरका सञ्चालक प्रकाश भट्टराईले बताए। उनले भने, ‘कोल्ड स्टोरमा र कोल्ड स्टोरभित्र भएको आलु नोक्सान भएको छ। आगलागी कसरी भयो भन्नेबारेमा कुनै जानकारी छैन।’
कोल्ड स्टोरको बिमा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा रहेको छ।

सुझावित समाचार