तिहार र छठमा बससेवाबाट टिकट काट्ने ३० जनालाई अब चाँदीको बिस्कुट

बिहिबार, ३० असोज, २०८२
डिजिटल संस्करण

नेपालको अग्रणी अनलाइन बस तथा हवाई टिकट बुकिङ गर्ने संस्था बससेवाले तिहार र छठ पर्वलाई लक्षित गरी अभियान घोषणा गरेको छ । तिहार र छठ पर्वभर बससेवामार्फत टिकट काट्ने यात्रुहरूमध्ये ३० जनालाई चाँदीको बिस्कुट, दुईजनालाई भिभो कम्पनीको मोबाइल फोन दिन लागेको हो ।  कम्पनीका अनुसार २९ भदौदेखि १४ कात्तिकसम्म यो अभियान रहन्छ । 

दसैँमा टिकट काट्ने पाँचजनाले पाए खसी उपहार
बससेवाले नेपालीको महान् चाड दसैँका अवसरमा ‘बस टिकट काट्दा खसी उपहार’ कार्यक्रमअन्तर्गत पाँचजनाले उपहारस्वरूप खसी जितेका छन् । गत मंगलबार बससेवाको कार्यालयमा आयोजित ‘लक्की ड्र’मार्फत उनीहरूले उपहार जितेका हुन् । 

बससेवाका डेनिसविक्रम थापाका अनुसार ‘लक्की ड्र’ बससेवाको फेसबुक पेज र टिकटकमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । ‘लक्की ड्र’मार्फत टिकट नम्बर ७३६७१७७–B का कमल भट्टराई (काठमाडौं–अर्घाखाँची), ७३१४००१–B का लीलाधर भट्टराई ( काठमाडौं–प्यूठान), ७४४७२६३–B का महेश्वर पौडेल (वालिङ–काठमाडौं), ७४०२३५२–B का आश्विन ढकाल (काठमाडौं–पोखरा) र ७२८१०६४–B का नवीन रिजाल (काठमाडौं–बेलहिया)ले जितेका छन् ।

यस्तै, उपहार कार्यक्रमअन्तर्गत नै ५० जना यात्रुले दुई हजारबराबरको लत्ताकपडा किनमेलको कुपन पाएका छन् भने एक सयजनाले फ्री–टिकट जितेका छन् । विजेताहरूको नामसूची बससेवाको वेबसाइट, मोबाइल एप र आधिकारिक Facebook Page मा हेर्न सकिन्छ।

नेपालमा यात्रा बुकिङका लागि बससेवा लोकप्रिय हुँदै गएको प्लाटफर्म हो। बस, हवाई उडान वा होटेल रुम सबै कुरा अब एउटै एपबाट सजिलै बुक गर्न सकिन्छ। ग्राहक सहयोग पनि राम्रो छ, हरेक दिन राति १० बजेसम्म सहायता उपलब्ध हुन्छ। सबै सेवामा क्यासब्याक र प्रोमो कोडजस्ता अफरहरू पनि पाइन्छन्।

See More On

सुझावित समाचार