जेन–जी आन्दोलनमा नेताको घरबाट मूर्ति र आइफोन चोरी गर्ने पक्राउ

बुधबार, २९ असोज, २०८२
डिजिटल संस्करण

२४ भदौको जेन–जी आन्दोलनमा नेताको घरबाट मूर्ति र आइफोन चोरी गर्ने पक्राउ परेका छन्। चितवनको कालिका नगरपालिका– ६ घर भएका विजय लामा मंगलबार पक्राउ परेका हुन्।

उनले एक नेताको घरबाट दुईवटा गणेशको मूर्ति, एउटा सिंगिङ बाउल र एउटा आइफोन चोरी गरेका थिए। ती सामानसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

आन्दोलनको मौका छोपी लुटपाटलगायत आपराधिक गतिविधिमा संलग्नहरू धमाधम पक्राउ पर्न थालेका छन्। 

सुझावित समाचार