संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्जाङ्गमा जारी छैटौँ मानेभञ्जाङ्ग फुटबल कप प्रतियोगिताको दोस्रो दिन बुधबार पाँच खेल भएको छ ।
प्रतियोगितामा पहिलो खेल गाउँले फुटबल क्लब र तुम्लिङटार स्र्पोटिङ क्लबबिच भएको थियो । गाउँलेलाई हराउँदै तुम्लिङटार २–१ ले विजयी बनेको छ ।
त्यसैगरी दोस्रो खेल तीनपोखरी क्लब र एकता परिवारबिच भएको थियो । तिनपोखरी ०–१ ले विजयी भएको छ । सेकाहा क्लब र चिचिला फुटबल क्लबबिच भएको तेस्रो खेलमा सेकाहाले ट्राईब्रेकरमा ४–३ गोल गरेको थियो । चौथो खेल भोटिया क्लब र किमाथांका क्लबबिच भएको थियो । यस खेलमा भोटियाले २–१ ले किमाथांकालाई हराएको छ । पाँचौँ खेल खाँदबारी युथ क्लब र मानेभञ्जाङ क्लबबिच भएकोमा मानेभञ्जाङ क्लब २–० ले बिजयी भयो ।
‘सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसंगतिविरुद्ध खेलकुदद्धारा सहकार्यको प्रतिबद्धता’ भन्ने नारासहित मंगलबार सुरु भएको प्रतियोगिता शनिबार समापन हुनेछ । प्रतियोगितामा जिल्लाभित्रका २० वटा क्लबले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेताले एक लाख, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सेमिफाइनलिष्ट दुई टिमले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडी तीन हजार, सर्वाधिक तीन हजार र उत्कृष्ट गोलरक्षकले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।