नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव गरेका छन् ।
बुधबार एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक तथा समसामयिक विषय समेटिएको प्रतिवेदन पेस गर्दै उनले महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन् । तीन दिनसम्म चल्ने दशौँ केन्द्रीय कमिटीको बैठकमा उक्त प्रस्ताव पेस भएपछि अब त्यसमा छलफल गरेर निर्णय गरिनेछ ।