नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा हल्ला भएपछि सदस्यहरूलाई बोल्न मनाही रहेको चेतावनी दिए ।
जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा उनी बोलिरहँदा जब बत्ती गयो अनि त्यहाँ हल्ला हुन थालेपछि उनले भने, ‘केन्द्रीय सदस्यबाहेक अरू साथीहरू बाहिर जाँदा हुन्छ । यहाँ बोल्न मनाही छ । ठ्याम्मै । आवाज बन्द भयो ? त्यता आवाज बन्द भयो साथीहरू ? ल ठिक छ आवाज त्यहाँ बन्द होस् है । कोही पनि नबोल्ने । अर्कालाई नबोल् नभनौँ न ! आफू पनि नबोल्ने अरूलाई पनि नबोल् नभनौँ ।’
उनले नेकपा एमालेलाई बाहेक अरूलाई देशको चिन्ता नभएको उल्लेख गरे ।