जडीबुटीमा भएको दुर्घटनामा एकको मृत्यु

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिका– ३२, जडीबुटीमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। 

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर गाउँपालिका– ५ घर भएका ३७ वर्षीय दिनेश थापाको गएराति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

सुझावित समाचार