सामसङको ‘तिहारको मुड, सबै गुड’ अफर

सोमबार, २७ असोज, २०८२
डिजिटल संस्करण

 सामसङ नेपालले तिहारलक्षित अफर ‘तिहारको मुड, सबै गुड’ सार्वजनिक गरेको छ । यो अफरले ग्राहकलाई क्यासब्याक, एक्सचेन्ज बोनसका साथै लक्की ड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ । 

अफर २६ असोजदेखि ३० कात्तिकसम्म देशभरका अधिकृत सामसङ विक्रेताहरूमा लागू हुने बताइएको छ । अफर अवधिभर ग्राहकले सामसङका टिभी, फ्रिज र वासिङ मेसिन किन्दा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन् । जसमा टिभी किन्दा ३५ प्रतिशतसम्म क्यासब्याक पाइनेछ भने एक्सचेन्ज बोनस पाँच हजारसम्म पाइनेछ । त्यसैगरी, फ्रिजमा १९ प्रतिशत क्यासब्याक र ६ हजार रुपैयाँको एक्सचेन्ज बोनस तथा वासिङ मेसिनको खरिदमा २४ प्रतिशत क्यासब्याक र ७ हजारसम्म एक्सचेन्ज बोसन पाउन सकिने कम्पनीले जनाएको छ । 

त्यसैगरी, साप्ताहिक र बम्पर पुरस्कारमा ग्राहकले टिभी, फ्रिज र वासिङ मेसिन किन्दा साप्ताहिक पुरस्कारमा क्रमशः साउन्डबार, २३ लिटर माइक्रोवेभ ओभन पाउनेछन् भने बम्पर पुरस्कारमा क्रमशः ३५ लिटर बिस्पोक एआई फ्रिज, नौ केजी फ्रन्ट लोड वासिङ मेसिन र ६५ इन्चको युएचडी टिभी जित्न सक्नेछन् । यो अफरमा सहभागी हुन सामान किनेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाउनुपर्ने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार