विश्वकप छनोटमा नेपालको सानदार सुरुवात, कुवेत ५८ रनले पराजित

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो । 

१४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई उत्कृष्ट बलिङ गर्दै नेपालले १८.१ ओभरमा ८३ रनमै अलआउट गरेको हो । नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले दुई–दुई तथा सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए। 

टस हारेर पहिले नेपाल ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको ६६ रनको मद्दतमा २० ओभरमा सात विकेट १४१ रन बनाएको थियो। 

ब्याटिङमा संघर्ष गरेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित निकालेको हो । 

छनोटअन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेल नेपालले शुक्रबार जापानविरुद्ध खेल्नेछ । 

पहिलो खेलमा जितसँगै सुपरसिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ। तीन टोली रहेको समूहबाट दुई टोली सुपरसिक्समा जान्छन्। सुपरसिक्समा पनि उत्कृष्ट तीनमा पर्ने टोली विश्वकपमा छनोट हुनेछ। 

सुझावित समाचार