तमोर नदीमा बोलेरो खस्यो, उद्धारको प्रयास जारी

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

धरानबाट पाँचथर जान लागेको गाडी तमोर नदीमा खसेको छ। पाँचथरको कुम्मायक गाउँपालिका- ३, कात्तिकेनजिक तमोर करिडोरमा गाडी दुर्घटना भएको हो। 

प्रत्यक्षदर्शी हिमा ढकालका अनुसार दुर्घटनाका चारजना घाइतेको उद्धार गरिएको छ। उनीहरू बोल्न सक्ने अवस्थामा छन्।  गाडी सडकबाट निकै तल खसेको प्रत्यक्षदर्शी ढकालको भनाइ छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घटनास्थलतर्फ गएको छ। गाडी दुर्घटना भएको सूचना पाएपछि उद्धारका लागि स्थानीय प्रहरी टोली परिचालन गरिएको पाँचथरका डिएसपी अनिश कर्णले बताए। 
 

सुझावित समाचार