केपी ओली र रमेश लेखकसहित पाँचजनालाई विदेश जान रोक लगाउने जाँचबुझ आयोगको निर्णय

स्वीकृतिबिना उपत्यका समेत छाड्न नपाउने निर्णय

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

निवर्तमान प्रधानमन्त्री केपी ओली तथा निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँचजनालाई जाँचबुझ आयोगले विदेश जान रोक लगाउने निर्णय गरेको छ।

२३ र २४ भदौमा भएको घटनाको सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले यस्तो निर्णय गरेको हो। बयानमा जुनसुकै वेला बोलाउन सक्ने भएकाले पूर्वस्वीकृतीविना उपत्यका छाड्नसमेत नदिने निर्णय भएको आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

साथै, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन गुप्तचर प्रमुख हुतराज थापा, काठमाडौंका तत्कालीन सिडिओ छवि रिजालको हकमा पनि यस्तै निर्णय भएको छ। २३ गतेको दमनमा संलग्नताको आधारमा उनीहरू छानबिनमा तानिएका हुन्। 
 

सुझावित समाचार