रुकुम बाँफीकोटबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक हायस दुर्घटना हुँदा मृत्यु भएका तीनजनाको सनाखत भएको छ। आइतबार राति २ बजेतिर लु.२ख ६५०२ नम्बरको गाडी कपुरकोट– ३, चोरखोलामा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।
मृत्यु हुनेमा बाँफीकोट गाउँपालिका– ५ निवासी ६७ वर्षीया पबी केसी, सोही ठाउँका २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शशिधर केसी रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन्। गाडी सडकदेखि डेढ सय मिटर तल खसेको छ।