११ केजी बढी गाँजासहित उदयपुरबाट दुई महिला पक्राउ

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

उदयपुरको उदयपुरगढी गाउँपालिका–६, नेपालटारस्थित मदन भण्डारी लोकमार्ग कमान चेकपोस्ट खण्डबाट गाँजासहित दुई महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंका अनुसार शनिबार ११.८५२ किलोग्राम गाँजासहित दुई महिला पक्राउ परेका हुन्।

झोलामा प्याक गरिएका दुई पोका गाँजासहित सिराहाको लहान नगरपालिका–१७ की ४० वर्षकी अस्मिता राम र ४५ वर्षकी लीलादेवी राम पक्राउ परेका एसपी चापागाई‌ंले जानकारी दिए।

चापागाईंका अनुसार पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ।

सुझावित समाचार