दसैँमा मञ्जुश्री स्मार्ट एपबाट निःशुल्क रकमान्तर

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण

 मञ्जुश्री फाइनान्स लिमिटेडले निःशुल्क रकमान्तर गर्न सकिने सुविधा ल्याएको छ । फाइनान्सले नेपालीको महान् चाड दसैँ–तिहारको उपलक्ष्यमा यो सुविधा ल्याएको हो । जसअनुसार फाइनान्सको मञ्जुश्री स्मार्ट एपबाट ग्राहकले निःशुल्क रकमान्तर गर्न सक्नेछन् । यो सुविधा घटस्थापनादेखि पूर्णिमासम्म उपयोग गर्न सकिने फाइनान्सले जनाएको छ । 

यसका लागि ग्राहकले मोबाइल एपको फन्ड ट्रान्सफरमार्फत फोनपे डाइरेक्ट तथा इन्स्टाफन्ड ट्रान्सफर दुवै माध्यबाट रकमान्तरण गर्न सकिने फाइनान्सको भनाइ छ । हालसम्म फाइनान्सले २३ अर्ब निक्षेप संकलन गरी १९ अर्बभन्दा बढी कर्जा परिचालन गरेको छ । फाइनान्सका हाल २७ वटा शाखा र एक विस्तारित काउन्टर सञ्चालनमा छन् । 

सुझावित समाचार