अर्थमन्त्रीको जिम्मेवारी थपियो, गृहमन्त्रीको घटाइयो, प्रधानमन्त्रीसँग अझै नौ मन्त्रालय

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

अन्तरिम सरकारको मन्त्रिपरिषद् दोस्रोपटक विस्तार भएको छ। सोमबार चार मन्त्री थपिएसँगै सुशीला कार्कीको मन्त्रिपरिषद् आठसदस्यीय बनेको छ। 

सोमबार चार मन्त्रीले जिम्मेवारी सम्हालेका छन्। नयाँ मन्त्रीमध्ये अनिल सिन्हालाई तीन मन्त्रालय दिइएको छ। कानुन, उद्योग र भूमि व्यवस्था मन्त्रालय उनलाई दिइएको छ। अन्य तीन मन्त्रीलाई भने १/१ मन्त्रालय मात्र तोकिएको छ। महावीर पुनलाई शिक्षा, मदन परियारलाई कृषि र जगदीश खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

यसअघिका दुई मन्त्रीको जिम्मेवारी पनि थपघट भएको छ। यसअघि कानुन मन्त्रालयसमेत सम्हाल्दै आएका गृहमन्त्री ओमप्रकाश अर्याललाई गृहको मात्र जिम्मेवारी तोकिएको छ। अर्थमन्त्री रामेश्वर खनालको भने जिम्मेवारी थपिएको छ। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ। अर्का मन्त्री कुलमान घिसिङलाई ऊर्जा, भौतिक निर्माण र सहकारी विकास गरी तीन मन्त्रालयको जिम्मेवारी छ। 

प्रधानमन्त्री सुशीला कार्कीसँग अझै नौ मन्त्रालय छन्। परराष्ट्र, रक्षा, खानेपानी, महिला तथा बालबालिका, वन तथा वातावरण, श्रम, युवा तथा खेलकुद, पर्यटन र स्वास्थ्य मन्त्रालय छन्। उनले बढीमा ११ सदस्यीय मन्त्रिमण्डल गठनको तयारी गरेकी छिन्। 

मन्त्रीहरूको कार्यविभाजन-

सुझावित समाचार