हेटौँडामा तेल ट्यांकर, ट्रक र बस ठोक्किँदा ३१ जना घाइते

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा– १९ दारिमटारमा तीनवटा सवारीसाधन एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

मकवानपुर प्रहरीका अनुसार तेल बोकेको ट्यांकर, ट्रक र यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइते सबैलाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार