सिआइबीको प्रमुखमा एआइजी केसी

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा एआइजी डा.मनोज केसीलाई जिम्मेवारी दिइएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो। 
डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सिआइबीको नेतृत्व दुई सातादेखि रिक्त थियो। 

डा.केसी एसएसपी हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइललाई पक्राउ गरेर चर्चामा आएका अधिकृत हुन्। पछिल्लो समय राजनीतिक नेतृत्वले उनलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको थिएन। 
 

सुझावित समाचार