आन्दोलनमा लुटेका नगद र जिन्सी फिर्ता गर्न कञ्चनपुर प्रशासनको आह्वान

सोमबार, ३० भदौ, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेन–जी आन्दोलनका क्रममा लुटेका नगदसहित भौतिक समाग्री फिर्ता गर्न आह्वान गरेको छ । 

आन्दोलनका क्रममा निजी एवं सरकारी निकाय, कार्यालयबाट लुटेका नगद रुपैयाँसहित भौतिक सामाग्री फिर्ता गर्न आह्वान गरेको हो । सोमबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आन्दोलन र त्यसपश्चात निजी घरबाट लुटपाट गरिएका नगदसहित सुनचाँदी, गरगहना, कपडा, फर्निचर, मोबाइल, ल्यापटप, कम्प्युटर, मदिरासहित कागजात सम्बन्धित कार्यालय, घरधनी वा प्रहरीलाई बुझाइदिन आह्वान गरेका हुन् । 

इमानदारीपूर्वक समान नबुझाउने व्यक्तिमाथि कानुनबमोजिम कार्बाही गर्ने चेतावनीसमेत दिइएको छ । 
 

सुझावित समाचार