बिमितको दाबी भुक्तानीलाई सहजीकरण गर्न निर्देशन

शुक्रबार, २७ भदौ, २०८२
डिजिटल संस्करण

भ्रष्टाचार छानबिनको माग राख्दै जेन–जीले गरेको आन्दोलनबाट क्षतिग्रस्त संरचनाको दाबी भुक्तानी गर्ने बिमितलाई यथासम्भव छिटो र सहज ढंगले फर्स्योट गर्न नियामक बिमा प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले बिहीबार एक परिपत्र जारी गर्दै यसअन्तर्गतका दाबीको विवरण हरेक हप्ता (बुधबार) जानकारी गराउन पनि निर्देशन दिएको छ । 

‘भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण सिर्जित सार्वजनिक तथा निजी क्षेत्रमा अपूरणीय क्षति पुगेको सर्वविदितै छ । उक्त परिस्थितिका कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फर्स्योट गर्नुहुन निर्देशनअनुसार अनुरोध गरिन्छ,’ प्राधिकरणको परिपत्रमा भनिएको छ, ‘उल्लिखित परिस्थितिका कारणले भएको क्षतिको बिमा दाबी विवरण साप्ताहिक रूपमा (प्रत्येक हप्ताको बुधबार) प्राधिकरणमा पेस गर्नुुहुनसमेत निर्देशनअनुसार अनुरोध गरिन्छ ।’ जेन–जीको आन्दोलनले ठुला भौतिक संरचनामा निकै ठुलो क्षति भएको छ ।

See More On

सुझावित समाचार