बैतडी कारागारबाट ५९ कैदीबन्दी भागे

बुधबार, २५ भदौ, २०८२
डिजिटल संस्करण

बैतडी कारागारबाट ५९ जना कैदीबन्दी भागेका छन्। कुल ६२ कैदीबन्दी रहेकोमा तीनजनाबाहेक सबै भागेका हुन्।

जिल्ला कारागार बैतडीकी प्रमुख धारा भण्डारीका अनुसार कारागारबाट भागेका पाँच जना भने सम्पर्कमा आएका छन्। अरु पनि सम्पर्कमा आउने क्रम जारी रहेको कारागार प्रशासनले जनाएको छ।

मंगलवार कारगारभित्र भाग्ने कि नभाग्ने भन्ने विषयमा आपसमा विवाद हुँदा  कारागार तोडफोड भएको थियो। सोहि क्रममा तीनजना बाहेक सबै भागेको कारगार प्रमुख भण्डारीले बताइन्।

‘भागेर के गर्नु, सजाय काट्नैपर्ने हो’ भन्दै उनीहरु कारागारमै बसेको उनले बताइन्। कारागार क्षतीग्रस्त भएपछि उनीहरुलाई प्रशासनिक भवनमै राखिएको छ।

सुझावित समाचार